Logo

अवार्ड कार्यक्रममा आलिया भट्टले स्टेजमै रणबीर कपुरलाई ‘आई लभ यु’ भनेपछि हंगामा



Spread the love

मुम्बई -शनिवार राति भएको ६४औँ फिल्म फेयर अवार्डमा आलियाले फिल्म ‘राजी’ बाट अवार्ड प्राप्त गरेकी छन् भने रणबीर कपुरले फिल्म ‘सञ्जु’ बाट अवार्ड प्राप्त गरेका हुन् ।अवार्ड कार्यक्रममा अभिनेत्री आलिया भट्टले स्टेजबाट नै रणबीर कपुरलाई ‘आई लभ यु’ भनेकी छिन् । आलियाले स्टेजबाट नै रणबीरसँगको सम्बन्धलाई स्वीकार गर्दै उनको नाम बोलाएर ‘आई लभ यु’ भनेकी छिन ।

आलियाले फिल्म ‘राजी’ को लागि सम्पूर्ण टिमलाई स्टेजबाट नै धन्यवाद दिएकी छन् ।उनले भनिन् विक्की (विक्की कौशल), तिमी विना यो फिल्म कहिल्यै सफल हुँदैन थियो ।मेरो मार्गनिर्देशनको लागि करण(करण जौहर) र मेरो पापालाई धन्यवाद । आजको रात प्रेमको नाम, आई लभ यु ।’रणबीर कपुर उत्कृष्ट अभिनेता घोषित भएका छन् । रणबीर कपुरले आलियालाई चुम्बन गरे । त्यसपछि उनले पूर्वप्रेमिका दीपिका पादुकोणलाई अँगालो हाले र अवार्ड लिन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्