Logo

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षाको सम्भावना



Spread the love

११, चित्र , काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुनेछ । काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

पश्चिमी वायुको प्रभावले देशको बिभिन्न भागको पश्चिमी क्षेत्रमा दिउँसो यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

मङ्गलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको माहाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्