Logo

‘मिस नेपाल २०१९’को अडिसन सम्पन्न, दुई सय बढि प्रतियोगीहरुको उपस्थिती



Spread the love

आइतबार काठमाण्डौको अन्नपूर्ण होटलमा ‘मिस नेपाल २०१९’को अडिसन सम्पन्न भएको छ ।देशभरबाट दुई सय बढि प्रतियोगीहरुको उपस्थिती रहेको थियो ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरुलाई ट्रेनिङ गराएर अर्को चरणका लागि २५ जनालाई मात्र चयन गरिनेछ । फाइनलमा भने जम्मा १९ जना सुन्दरीहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

काठमाडौं अडिसन सकिएपछि विदेशमा रहेका नेपालीमुलका युवतीहरुसँग पनि अडिसन लिइने छ । अडिसनमा ‘मिस नेपाल’मा सहभागी हुनका लागि यूवतीहरु देशबाट मात्र होइन, विदेशमा बस्नेहरुको पनि उत्साहजनक सहभागिता रहने दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले बताए ।

काठमाण्डौ सहित देशका विभिन्न आठ शहरमा पुगेर सहभागीहरुको अडिसन लिइएको थियो । साथै विभिन्न देशबाट सहभागी भएका युवतीहरुलाई ‘स्काईप’मार्फत् अडिसन लिइएको थियो ।

प्रतियोगीहरुको छनोटमा उचाईलाई पहिलो प्राथमिकतामा रखिएको छ अध्यक्ष कक्षपतिले भने, ‘अरु कुरामा भने सिक्न खोज्ने र गर्न सक्ने यूवतीहरुलाई हामीले लिएका छौ ।’

अडिसनमा हिडेन ट्रेजरकै अर्का निर्देशक सुर्विन क्षेत्री , हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपती, हिडेन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, मिस नेपाल २०११ मलिना जोशी, मिस नेपाल २०१३ इशानी श्रेष्ठ, कोरियोग्राफर ऋचा गुरुङ शर्मा निर्णायकको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्