Logo

जर्मनी जितका साथ प्रतियोगिताको सुरुवात गर्न सफल



Spread the love

११ चैत, २०७५। समूह सी तर्फको खेलमा पूर्व विश्व च्याम्पियन जर्मनीले युरो छनौटतर्फ आइतबार राती रोमाञ्चक जित हात पारेको छ । रसिया विश्वकप यता खराब लयमा देखिएको जर्मनीले अर्को बलियो टोली नेदरल्याण्डसलाई उसकै घरेलु मैदानमा ३–२ ले हराएको छ ।

आफ्नो पहिलो खेलमा बेलारुसलाई ४–० ले हराएको यस टोलीले युरो छनौटतर्फ पहिलो हार बेहोर्‍यो भने जर्मनीले सफलताको साथ प्रतियोगिताको सुरुवात गर्न सफल भयो । आइतबार नै भएको समूह सी तर्फको अर्को खेलमा उत्तरी आयरल्यान्ड बेलारुसमाथि २–१ ले हाबी हुँदै समूह सी को शीर्ष स्थानमा उक्लिएको छ ।

उत्तरी आयरल्याण्डले आफ्नो पहिलो खेलमा इस्टोनियालाई २–० ले हराएको थियो ।समूह सी तर्फ दुई खेलबाट ६ अङ्क जोडेको उत्तरी आयरल्यान्ड शीर्ष स्थानमा रहँदा १ खेलबाट ३ अङ्क जोडेको जर्मनी दोस्रो स्थानमा छ । त्यस्तै दुई खेलबाट ३ अङ्क जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ भने अंकविहीन इस्टोनिया र बेलारुस क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।।

प्रतिक्रिया दिनुहोस्