Logo

चलचित्र ‘यात्रा’ को ट्रेलर युटुबमा सार्बजनिक



Spread the love

चलचित्र ‘यात्रा’को ट्रेलर आज युटुबमा सार्वजनिक गरिएको छ । यस चलचित्रमा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक सलिनमान बानियाँ मुख्य भूमिकामा रहेका छन् ।

यस चलचित्रमा नायक सलिनमान बानियाँ, नायिका मालिका महत, नायक सलोन बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल, रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत लगायत कलाकारहरूलाई देख्न सकिन्छ ।

यात्रामा प्रतीक पौडेल, सुरेश न्यौपाने, शिशिर खातीको लेखन रहेको छ । सुशील पोखरेलको लगानी, रामशरण घिमिरे, विक्रम पराजुली, मुक्ती तिम्सिना सह–निर्माता रहेका छन् । सञ्जय लामाको छायाङ्कन, प्रविण सिंहको कोरियोग्राफी रहेको छ भने बनिष शाहले सम्पादन गरेका छन् । प्रस्तुतकर्ता केशव भट्टराई र कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।

यात्रा आउँदो चैत्र २९ बाट देशभरि प्रदर्शनमा आउदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्