Logo

गुल्मी महोत्सवको तयारी तीव्र,७० प्रतिशत काम सम्पन्न



Spread the love

गुल्मीको समृद्धिका मुख्य आधार सांस्कृतिक संरक्षण एव् पर्यटन विकासमा पूर्वधार भन्ने मूल नाराका साथ चैत २० गते देखि सुरु हुन लागेको
प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवको तयारीलाई यति बेला तीव्रताका साथ अगाडि बढाइएको छ भने प्रचार प्रसारलाई समेत तीव्रता दिइएको छ ।


अहिले सम्म ७० प्रतिशत काम सम्पन्न भैईसकेको र बाँकी काम पनि छिटै सक्ने महोत्सव मूल समारोह समितिका सह-संयोजक नवराज भुसालले सल्लेरी खबरलाई बताए ।

गुल्मी उद्योग वाणिज्य  संघले यस अघि महोत्वस गदै आएपनी यो पटक भने चेम्बर अफ कर्मशले महोत्वसको आयोजना गरेको हो । साथै गुल्मीको पर्यटकीय क्षेत्रलाई माथि उठाउनलाई महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ । त्यस्तै प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा २ सय ३० वटा स्टल रहने भएका छन् ।

साथै यो महोत्सवमा अतिथिलाई कफी र गुड मायाको चिनो स्वरूप प्रदान गरिने भएको छ । गुल्मी जिल्लामा उत्पादन भएका बस्तुलाई अन्य जिल्लाहरूमा प्रचारप्रसार गर्ने उद्देश्य स्वरूप मायाको चिनोमा कफी र गुड प्रदान गर्ने निर्णय गरेको सह-संयोजक नवराज भुसालले सल्लेरी खबरलाई बताए ।

साथै महोत्वसबमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको छ । त्यस्तै महोत्सव सम्मन्न गर्नको लागी जिल्लामा रहेका १२ वटा संस्था एकजुट भएको आयोजकले जानकारी दिएको छ । साथै आयोजकले आइतबार जिल्लामा रहेका क्रियाशील पत्रकारहरूसँग छलफल समेत गरेको थियो भने महोत्सवका गतिविधि बारे पत्रकारहरूलाई समेत जानकारी गराएको थियो । त्यस्तै महोत्वसबाट उठेको बचत रकमको ४० प्रतिशत रकम सामाजिक कार्यमा लगाउने बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्