Logo

अनमोल र सलिनमानको भिडन्त, कसले मार्ला बाजी ?



Spread the love

 

अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ३’ र सलिनमान बानियाँले अभिनय गरेको चलचित्र ‘यात्रा’ एउटै दिन देशभरि प्रदर्शन गरिने भएको छ ।

अहिलेका चर्चित नायक अनमोल केसी सँग नायक सलिनमान बानियाँ भिड्दै छन् । चलचित्र ‘यात्रा’को ट्रेलर रिलिज कार्यक्रममा सलिनमानले भने ‘बरु म हार्छु, तर भाग्दिनँ । मेरो प्रतिस्पर्धा नम्बर १ सँग रहेको छ । ‘ नम्बर १ सँग हार्दा पनि केही असर नपर्ने उनले बताए ।

नायक अनमोल केसीलाई अहिलेको नम्बर १ नायक भन्दै सलिनमानले आफू उनीसँग जुध्नका लागि तयार भएको स्पष्ट पारेका छन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ यही चैत्र २९ गते शुक्रवारबाट देशभरि गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्