Logo

चलचित्र ‘रातो टिका निधारमा’ रिलिज मिति सार्बजनिक



Spread the love

 

चलचित्र ‘जय भोले’ को सफलतापछि निर्देशक अशोक शर्माले फेरि अर्को चलचित्र ‘रातो टिका निधारमा’ल्याउन लागेका छन् । शर्मा आहिले कलाकार चयनमा जुटेका छन् ।

कलाकारहरु नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी फाइनल भइसकेका छन् ।

शर्माले चलचित्रमा लिड हिरोमा अनमोल केसी र प्रदीप खड्कामध्ये एकलाई लिने बताएका छन् । चलचित्रमा महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर पनि हुने छन ।

चलचित्र ‘रातो टिका निधारमा बैशाख अन्तिम साता वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने शम्भुजित बाँस्कोटाको संगीत रहेको छ , चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका छन् ।

चलचित्र ‘रातो टिका निधारमा’ आउदो दशैंमा मात्रै रिलिज हुने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्