Logo

काङ्ग्रेस जिल्ला सम्मेलनको तयारी तीव्र, देउवासँगै थापा र शर्मा आउनेमा काङग्रेस ढुक्क



Spread the love

१२ चैत, गुल्मी – यही चैत १६ र १७ गते हुन लागेको नेपाली काङ्ग्रेसको ऎतिहासिक जिल्ला सम्मेलनलेको तयारी लाई तीव्र पारिएको छ भने काङ्ग्रेसका शीर्ष नेता गुल्मी आउने पनि पक्कापक्की जस्तै भएको छ ।

प्रथम जिल्ला सम्मेलनलाई ऎतिहासिक भन्दै निकै महत्त्व र चासोको रूपमा हेरिएको छ भने पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल आउने पक्का भएको नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

साथै वरिष्ठ नेतासँगै विपी पुत्र शशांक कोइराला पहिलो पटक तम्घास अउदै छन् भने काङग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा , युवा नेता गगन थापा ,केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, गुरु घिमिरे लगायतका केन्द्रीय नेताहरू समेत गुल्मी आउने भएका छन् ।

गुल्मी शिर्ष नेता भन्दा पनि काङ्ग्रेसका युवा नेता विश्व प्रकाश शर्मा , नेता गगन थापा ,केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीबाट प्रभावित छ भने सम्मेलनमा कार्यकर्ताको उपस्थिति पनि राम्रो रहने नेपाली काङग्रेस गुल्मीले विश्वास लिएको छ ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरूले हुन नसकेको बताउँदै अहिले काङग्रेसले ऐतिहासिक रूपमा प्रथम जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताएका छन् । पार्टी सङ्गठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म पार्टी सङ्गठनलाई बलियो र सशक्तढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने, काँग्रेसको पक्षमा आएको जनलहरको शक्ति प्रदर्शन गर्ने उद्देश्य रहेको साथै पार्टीलाई आगामी दिनहरूमा कसरी अगाडि बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरू जिल्ला सम्मेलनबाट तयार गर्ने नेपाली काङगेस गुल्मीले जानकारी दिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाली काङग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधिको रूपमा खटाई पालिका स्तरीय भेला समेत सम्पन्न गरेको थियो ।

 

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्