Logo

अस्थायी शिक्षकलाई बर्खास्त गरि उपदानसहित बिदाई



Spread the love

चैत १३ गते ।
सरकारले केही समयअघि गठन गरेको समितिले देशभरिका सामुदायिक बिद्यालयहरुमा ४७ हजार १०२ शिक्षक नपुगेको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रि परिसदमा बुझाएको थियो । शिक्षा नियमावलीले कायम गरेको अनुपात अनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग रहेको छ। स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा करिब १० हजार अस्थायी शिक्षक असफल भएका थिए भने उनिहरुलाई उपदानसहित विदाई गरिने भएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरलाई तत्कालै कामबाट बर्खास्त गर्दा बिद्यार्थीहरुको पठानपाठनमा असर पर्ने भएकोले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गरिएको जानकारी दिए। कर्मचारी समायोजनमा ढिलाइ हुँदा काममा निकै समस्या परेकोले लगानी र सम्पन्न कार्यको विवरण सङ्कलन गर्न समस्या भएको गुनासो पोखे ।

उपमहानिर्देशक दीपक शर्माले केन्द्रले आयोजना गर्ने शैक्षिक सम्मेलनमा पहिलो पल्ट बिद्यालय भर्ना हुन आउने सबै बालबालिकालाई पोशाक निःशुल्कमा उपलब्ध गराउनुका साथै सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालयलाई पोशाकको व्यवस्था गर्ने निर्णय गरेको बताए । राम्रो गर्न नसकेका विद्यालयहरूको अनुभव साटासाट गर्दा त्यसबाट शिक्षामा सुधारको प्रयास हुने बताए।

यसैगरी, सामुदायिक विद्यालयको सुधारका लागि सार्वजनिक शिक्षा रूपान्तरण अभियान नामक राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । जसमा कमजोर विद्यालयका समस्या र राम्रो गरेका विद्यालयको अनुभव सुन्न चैतको अन्तिम सातामा सम्मेलनको आयोजना गर्न लागिएको छ । वैशाख १ गतेबाट सुरु हुने अभियानअन्तर्गत भर्ना कम भएका १५ जिल्ला र १३६ पालिकामा सो कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्