Logo

एउटै चलचित्रमा रणवीर र अजयको एक्सन



Spread the love

बलिउडका दुई सुपरस्टार रणवीर कपुर र अजय देवगण अब एउटै पर्दामा देखिने भएका छन । चलचित्र एउ ‘रन्जित’मा एकसाथ काम गरेका रणवीर कपुर र अजय देवगणले पुन एकसाथ काम गर्ने भएका छन् ।

चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रका लागि दुई मुख्य नायकको छनोट भइसके पनि तर नायिका भने पक्का भएको छैन ।निर्माण युनिट अहिले चलचित्रको नायिका छनोटमा लागिरहेको छ ।

चलचित्रलाई लुभ रन्जनले निर्देशन गरेका छन् ।निर्देशक रन्जनकै लगानी रहने यो चलचित्रको छायांकन डिसेम्बरबाट सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्