Logo

बुटवलमा अपाङ्गलाई प्रमाणपत्र वितरण सुरु



Spread the love
सांकेतिक तस्बिर

१३ चैत्र , बुटवल। बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु गरेको छ । उपमहानगरले परिचयपत्र अपाङ्गताको अवस्थाबमोजिम रातो, निलो, पहेँलो र सेतो गरी चार रङ्गका परिचयपत्र वितरण गरेको छ ।

उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गरेकी छिन्। वडा नं. ५ का १२ वर्षीय सोनाज वानु, सात वर्षीय आयान खान र वडा नं ३ का चार वर्षीय देवांशराज कसजूलाई शारीरिक अवस्थाका आधारमा परिचयपत्र वितरण गरिएको थियो ।

नयाँ जीवनका लागि हातेमालो कार्यक्रमका प्रमुख मन पाण्डे, सुस्त मनस्थिति बालबिधालय मन्दिरका अध्यक्ष लोकनाथ भुसाल, प्रदेश स्तरीय बहिरा तथा सुस्त श्रवण सङ्घका महासचिव पीताम्बर लम्साल र कार्यपालिकाका महिला सदस्य पनि रहेका छन् ।उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा गठन भएको समन्वय समितिमा सदस्यमा बिधालयका तर्फबाट नवीन ,औद्योगिक माविका प्र.अ प्रेमबहादुर बस्नेत, अन्य सङ्घसंस्थाका तर्फबाट राष्ट्रिय अपाङ्ग महासङ्घ ५ नम्बर प्रदेशका सदस्य सावित्रा घिमिरे, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल रहनुभएको छ । नगरमा करिब १ हजार सय अपाङ्ग रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्