Logo

इलाममा साहित्य तथा पर्यटन महोत्सव हुने



Spread the love

चैत १४ गते 

इलामको देउमाई स्थित मंगलबारे बजारमा यहीँ चैत २३ र २४ गते ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ । समाजका लागि युवा नामक संस्थाले पहिलोपटक आयाेजना गर्ने भएको छ । महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति आदि विषयमा विचार बिमर्श हुनेछ । महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाई नगरपालिका सहयोगी संस्थाको रुपमा रहने छ ।


महोत्सवको पहिलो दिन: डा.अभि सुवेदीको प्रवचन, त्यसपछि कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा’ विषयमा बहस हुनेछ । त्यस्तै ‘थातथलो र परदेश’ विषयमा पत्रकार टीकाराम यात्रीले विश्लेषक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन् । साे क्रममा गाउँपालिकाका प्रमुखसँग ‘देउमाई –२०९०’ विषयमा छलफल समेत हुनेछ ।

महाेत्सवकाे दोस्रो दिन : ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन् भने  कला कि नारा ? र कवितामा स्थानीय भाषाको प्रभाव विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन् ।
प्रदेशभरका र भारत सिलिगुडीका कविहरूले आआफ्ना कविता सुनाउने छन् । राजनीतिक विश्लेषक प्रदीप गिरीले २००७ साल पछिको नेपाल’ बारे एक घण्टा प्रवचन दिनेछन् । त्यस्तै, पत्रकार नारायण वाग्ले, निर्देशक अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले समेत संघर्षका कथा सुनाउनेछन् ।

यसैगरी ‘देउमाई किन घुम्ने’ भन्ने विषयमा प्रदेश सभासद् राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्