Logo

‘ए मेरो हजुर ३’मा अनमोलको दुई फरक अवतार



Spread the love

चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलरमा अनमोल केसीलाई दुई फरक अवतारमा देखाइएको छ । एक तिर अनमोललाई स्टार गायकको रुपमा देखाईएको छ भने अर्को तिर ब्याक लागेका विद्यार्थी घनश्याम महर्जनको भूमिकामा देखाईएको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’मा मुख्य भूमिकामा युवा स्टार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा, नायक सलोन बस्नेत, सरोज खनाल, रेअर राई लगायत कलाकार रहेका छन् ।

चलचित्रमा साङ्गितिक प्रेम कथा समेटिएको छ ।चलचित्रलाइ सुनिल कुमार थापाले निर्माण गरेका छन् भने निर्देशन झरना थापाले गरेकी छन् ।

चलचित्र यहि चैत्र २९ गते देशभरि रिलिज गरिने छ ।

प्रतिक्रिया दिनुहोस्