Logo

विज्ञान विषयको परीक्षा रद्द



Spread the love

१४ चैत, काठमाडौं ।
बुधबार राति सप्तरी जिल्लाबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा अन्तर्गत प्रदेश २ का ८ जिल्लामा बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।परीक्षा हुनुअघि जिल्ला परीक्षा समन्वय समितिले सप्तरी जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

बुधबार राति ११ बजे भाइबर, इमो,लगाएत अन्य संचारका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द भएको छ । प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्