Logo

२० हजार नयाँ कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले आवेदन खोल्दै



Spread the love

१४ चैत, काठमाडौं ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनाको काम सम्पन्न भएको घोषणा गरे संगै उनले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरू गर्न लोकसेवा आयोगलाई आग्रह गरेका छन् ।

मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीहरुको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । कर्मचारी समायोजन समयमै नसकिदा सरकारले यस वर्ष थोरै संख्यामा मात्रै कर्मचारी मागेको हो। तर पनि लोकसेवाको तयारी थाल्नेको संख्या भने उल्लेखनीय छ ।
लोक सेवा आयोगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजारको संख्यामा आवेदन खुलाउनेछ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री  पण्डितले भने, ‘१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दै छौ , छिट्टै आवेदन खुल्ने छ ।’

प्रतिक्रिया दिनुहोस्