Logo

चाडै साओमीले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने



Spread the love

१४ चैत, काठमाडौँ ।
चिनिया स्मार्टफोन मेकर साओमीले आफ्नो फोल्डेबल स्मार्टफोन यही अप्रिलदेखि जुनको बिच समयमा सार्वजनिक गर्ने भएको छ। यस फोल्डेबल स्मार्टफोनको मूल्य सामसुङ र हुवाईको भन्दा निकै कम हुनेछ।

अहिले फोल्डेबल स्मार्टफोनको एक भिडियो सार्वजनिक गरिएको छ । यसमा डबल फोल्डवाला स्मार्टफोन ल्याउन सक्नेछ । यो भन्दा पहिले साओमीले एक भिडियो सार्वजनिक भएको थियो, जसमा कम्पनीको चिफ फोल्डेबल स्मार्टफोन प्रयोग गरिएको दृश्य देखाइएको थियो ।

कम्पनीको अर्को नयाँ भिडियोको टिजरमा डबल फोल्ड स्मार्टफोन देखाइएको छ ।र यो भिडियो १० सेकेण्डको रहेको छ । यो भिडियोलाई चिनिया माइक्रो ब्लगिङ वेबसाइट वेबोमा सेयर गरिएको छ । साथै युट्युवमा पनि अपलोड गरिएको छ । उक्त भिडियोमा डबल फोल्ड स्मार्टफोन देख्न सकिन्छ, र स्वाइप जेस्चर पनि रहेको छ ।

भर्खरै समासुङ र हुवाईले पनि आ–आफ्नो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेका छ, तर बजारमा भने आइसकेको छैन। ग्यालेक्सी फोल्ड र हुवाई मेट एक्स एकतर्फी फोल्ड हुन्छ भने साओमीको दुईतर्फी फोल्ड हुन्छ ।

यस फोल्डेबल स्मार्टफोनलाई के–कसरी सार्वजनिक गर्ने भन्ने विषयमा कम्पनीले अहिलेसम्म केही आधिकारिक जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्