Logo

क्रिस्टियानो रोनाल्डो अहिले बार्सिलोनामा



Spread the love

चैत्र १४, २०७५ ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालीको युभेन्टस पुगेका रोनाल्डो बुधबार बार्सिलोना पुगेका हुन् ।पोर्चुगलको राष्ट्रिय टोलीका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो गत साता मैत्रीपूर्ण खेल खेल्ने क्रममा घाइते भए र चोटबाट विश्राम लिने क्रममा रोनाल्डो अहिले बार्सिलोना पुगेका छन् ।

३४ वर्षिया रोनाल्डो चोटबाट विश्राम लिने क्रममा आफ्नो प्रायोजक नाईकको कार्यालयमा पुगेका हुन् । रोनाल्डोसँगै उनकी प्रेमिका जिओर्जिनिआ रोड्रीग्वेज पनि साथमा रहेकी छिन् ।

रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्दा चोट बोकेपछि स्वास्थ्य परिक्षणका लागि इटाली फर्कने कार्यक्रम रहेको थियो । तर रोनाल्डोको चोट खासै ठुलो नभएको हुदा विश्राम गरेर आफ्नो प्रायोजकहरुलाई समय दिइरहेका छन् ।

रोनाल्डोले चोटका कारण च्याम्पियन्स लिगमा क्वाटरफाइनल खेलहरु गुमाउने छैन ।उनले लिगको खेलमा विश्राम लिएर च्याम्पियन्स लिगका लागि तयार रहने क्लबले जनाएको छ । क्लबका अनुसार रोनाल्डोको तिघ्रामा सामान्य चोट लागेको र त्यसका लागि उपचार जरुरि नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्