Logo

एप्पलले नयाँ प्रोडक्ट आइफोन ११ सार्वजनिक गर्ने



Spread the love


चैत १५, २०७५।

एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो नयाँ प्रोडक्ट आइफोन ११ सार्वजनिक गर्ने योजना बनाएको छ । अहिले आएर हामीमाझ आइफोन ११ को डिजाइन मात्र लिक भएको छ, तर अन्य आधिकारिक जानकारी भने गराइएको छैन ।

मिस्टर ह्वाइट नामक कम्पनिले भर्खरै सार्वजनिक भएको एप्पलको एयरपड्सको जानकारीलाई आइफोन ११ को डिजाइनमा पोष्ट गरेको छ । यस डिजाइनमा मोटो प्रकारको चेसिस देखाइएको छ र यो आइफोन जस्तै देखिएको छ । अहिले यसमा त्रिपल क्यामेरा सेटअपलाई देखाइएको छ । टप कर्नरमा तीन वटा सर्कुलर कटआउट र दुई स्क्वाँय कट देखाइएको छ ।

यो भन्दा पहिल्यै पनि आइफोन ११ को कथित डिजाइन लिक भएको थियो, जुन निकै आश्चर्यजनक छ । क्यामेरा सेटअप एक बम्प जस्तो देखिएको छ, जुन निकै पुरानो डिजाइन भएको आँकलन गर्न सकिन्छ । यस डिजाइनमा स्मार्टफोनको रियर प्यानलको कर्नरमा तीन वटा क्यामेरा सेटअप छ ।

आइफोन ११ को ब्याट्री पछिल्लो आइफोनको तुलनामा निकै पावोरफुल हुनेछ । यसका साथै कम्पनीले आइडी र वायरलेस चार्जिङलाई पनि अपग्रेड गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्