Logo

३ महिना पछि सम्पर्कमा आए वडाध्यक्ष



Spread the love

१५ चैत्र , बुटवल । ३ महिना अघिदेखि बेपत्ता भएका बुटवल मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटेरीका वडाध्यक्ष विष्णुप्रसाद भुसाल ‘विनोद’ शुक्रवार आफ्ना दाजु जीवलाल भुसालको टेलिफोन सम्पर्कमा आएका छन् ।

वडाध्यक्ष भुसाल पुस २ गते बिहान मोटरसाइकल सर्भिसिङ्ग गर्न जान्छु भन्दै सन्धिखर्क पुगेका थिए । त्यहाँबाट बस चढेर गोरुसिङ्गेसम्म पुगेको थिए । भुसाललाई बुटवलको अस्पताल लाइनमा देखेको छिमेकीले बताएका थिए ।

वडाध्यक्ष भुसालले फोन सम्पर्क गर्दै छिट्टै घर आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्