Logo

कोलकत्ता विरुद्द दिल्ली क्यापिटल्सको आजको खेलमा सन्दीपलाई खेलाइने सम्भावना



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राती हुने दिल्ली क्यापिटल्स भर्सेस कोलकत्ता नाइट राइडर्सको भिडन्तमा दिल्लीबाट नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने सम्भावना अत्यधिक रहेको क्रिकेटका पण्डितहरूले बताएका छन् ।

खेल दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा नेपाली समय अनुसार आज राती ८:१५ मा सुरु हुनेछ ।

यसअघि भएका खेलमा दिल्लीले सन्दीप बिनाका दुई खेलमा एक जित तथा एक हार व्यहोरेको छ । उता अर्को प्रतिद्वन्दि कोलकत्ता भने दुबै खेलमा विजेता भइसकेको छ । यस्तोमा कोलकत्ताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ ।

दिल्लीको घरेलु मैदान कोट्लामा स्पिन बलरलाई मद्दत मिल्ने पिच रहेको छ । र, दिल्लीसंग स्पिन बलिङमा थुप्रै बिकल्प रहेका छन् । तर, दुर्भाग्यको कुरा दुई खेल सकिदा खेलमा दिल्लीका कुनै पनि स्पिनरले राम्रो खेल पस्कन सकेका छैनन् ।

यस्तो अवस्थामा अघिल्ला दुई खेलबाट बञ्चित भएका नेपाली स्पिनर सन्दीपले मौका पाउने सम्भावना रहेको छ । कोलकत्ताविरुद्ध दिल्लीको लागि सन्दीप वैकल्पिक स्पिनर बन्न सक्ने छन् । सन्दीपले अघिल्लो सिजन कोट्ला मैदानमा नै ३ खेल खेल्दै ५ विकेट हात पारेका थिए ।

अभ्यास खेलका क्रममा ।

यस हिसाबले हेर्दा पनि आजको टिममा सन्दीप पर्ने सम्भावना अत्यधिक रहेको क्रिकेटका पण्डितहरूले बताएका छन् ।

साथै यसै सन्दर्भमा दिल्ली क्यापिटल्सले सन्दीपलाई नखेलाएको आवेगमा नेपाली क्रिकेट फ्यानहरूले दिल्लीको फेसबुक पेजमा हजारौं कमेन्ट बर्साइ रहेका छन् । सन्दीपलाई नखेलाउँदासम्म दिल्लीले जित हासिल गर्न नसक्ने उनीहरूको विश्वास छ । उनलाई नखेलाएर नेपाली क्रिकेटप्रेमीको अपमान भएको उनीहरूले लेखेका छन् ।

हेर्नुहोस् केही झलक :

 

यसरी रिसाएका नेपाली क्रिकेट प्रेमीहरूलाई मध्यनजर गर्दै दिल्ली क्यापिटल्सले सन्दीपको एउटा रमाइलो भिडियो पोष्ट गरेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्