Logo

डाक्टर विवेक बिन्द्राको बाउन्स ब्याक-नेपाल भव्यताका साथ सम्पन्न



Spread the love

जिनियस ईन्साइडरले आयोजना गरेको बाउन्स ब्याक नेपाल सेमिनारमा क्रान्तिकारी उद्यमी, अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर, लिडर सिप कन्सल्टेन्ट तथा सी.ई.यो कोच डाक्टर विवेक बिन्द्राले आज काठमाडौँमा रहेको प्रज्ञा प्रतिष्ठानमा नेपालका स्टार्ट अप, सी.ई.यो देखी सरकारी तवरका मानिसहरू, विद्यार्थीहरू, विभिन्न क्षेत्रका बिजिनेसमा रुचि राख्ने युवाहरूलाई कोच गरेका छन् । आज दिउँसोको १२ बजे देखी सुरु भएको उक्त ईभेन्टमा विवेक बिन्द्राले लगातार ४ घण्टा प्रशिक्षण दिएका थिए ।

सेमिनारमा नेपालका स्टार्ट अप, सी.ई.यो देखी सरकारी तवरका मानिसहरू, विद्यार्थीहरू, विशेष गरी बिजिनेसमा रुचि राख्ने बिजेनेस पर्सनहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कुलमान घिसिङ, महावीर पुन देखी नामी कम्पनीहरूका प्रबन्ध निर्देशकहरूको ठुलो उपस्थिति थियो ।

सेमिनारमा बिजेनेस रणनीतिका बारेमा, कसरी आफ्नो बिजेनेसलाई बाउन्स गर्न सकिन्छ त भन्ने विषयमा विभिन्न रियल वर्ल्ड्का उदाहरण दिएर विवेक बिन्द्राले मोडिभेट गरेका थिए । बाउन्स ब्याक ४ घण्टे मोटिभेशनल सेमिनार थियो । उनको कम्पनीले सञ्चालन गर्ने ५ दिने, ६ महिने प्रशिक्षणहरूअब बन्द गरिने र अब केही समयमै २ वर्षे प्रशिक्षण आउने उनले घोषणा समेत गरेका छन् । २ वर्षे प्रशिक्षणमा सफल अरबपती सी.ई.योहरुबाट प्रशिक्षण गरिने पनि उनले जानकारी दिए ।

युट्युबमा बिजिनेस च्यानलहरू मध्य सबै भन्दा बढी सब्स्क्राईब भएको च्यानल डाक्टर विवेक बिन्द्रा : मोटिभेशनल स्पिकर रहेको छ । उनी नेपाल यो पहिलो पटक आएक हुन । उनले केही समय अघि नेपाल सम्बन्धी अत्यन्तै राम्रो केस स्टडिजको भिडियो साथै नेपालका ५ हिरोहरुका बारेमा समेत भिडियो निकालेका थिए । विभिन्न देशमा गएर बिजेनेस संग सम्बन्धन राख्ने मानिसहरूलाई उनले कोच गर्ने गरेका छन् ।

आयोजकका अनुसार डाक्टर विवेक बिन्द्रा आजै बेलुका भारत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्