Logo

कोलकत्ता विरुद्ध सन्दीपको उत्कृष्ट बलिङ



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न दिल्ली क्यापिटल्स भर्सेस कोलकत्ता नाइट राइडर्सको भिडन्तमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्लीले सुपर ओभरमा जित हासिल गर्न सफल भएको छ ।

कोलकत्ताविरुद्ध नेपाली शान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । साथै उनले एक खेलाडीलाई रन आउट पनि गराए ।

अघिल्ला दुई खेलमा बेन्चमै रहेका सन्दीपले कोलकत्ताविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल रहे । उनले दिल्लीका लागि सबैभन्दा राम्रो बलिङ गरेका थिए ।

खेल दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा नेपाली समय अनुसार आज राती ८:१५ मा सुरु भएको थियो ।

दिल्लीको घरेलु मैदान कोट्लामा स्पिन बलरलाई मद्दत मिल्ने पिच रहेको मानिन्छ । यस्तो अवस्थामा अघिल्ला दुई खेलबाट बञ्चित भएका नेपाली स्पिनर सन्दीपले मौका पाउने सम्भावना रहेको थियो । कोलकत्ताविरुद्ध दिल्लीको लागि सन्दीप वैकल्पिक स्पिनर बने । सन्दीपले अघिल्लो सिजन कोट्ला मैदानमा नै ३ खेल खेल्दै ५ विकेट हात पारेका थिए ।

अघिल्ला दुई खेलमा नखेलाए सँगै दिल्ली विरुद्ध खनिएका नेपाली क्रिकेट प्रेमीहरू उनको यो खेलसँगै एकाएक खुसी भएका छन् । सन्दीपको दमदार खेलले नेपालीलाई थप हौसला प्रदान गरेको छ भने आगामी खेलमा पनि उनको शसक्त भुमिकाको अपेक्षा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्