Logo

कस्तो रह्यो आईपीएल १२ औं संस्करणमा सन्दीपको पहिलो खेल ?



Spread the love

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसिलो बलिङ गरेका छन्।

शनिबारको दोस्रो खेलमा टस जितेर फिल्ड रोजेको दिल्ली क्यापिटलका लागि सन्दीपले पहिलो विकेट दिलाए। चार ओभरमध्ये तीन ओभर कसिलो बलिङ गरेका सन्दीपले चौथो ओभरमा भने दुई छक्का र एक चौका दिए। दिल्लीका लागि पहिलो विकेट लिएका सन्दीपले चार ओभरमा २९ रन दिए।

दिल्लीको दोस्रो ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दीपले एक रनमात्र दिए।

दोस्रो ओभर 
दिल्लीको तेस्रो ओभरमा सन्दीपले व्यक्तिगत दोस्रो ओभर बलिङ गरे। उनले यही ओभरमा दिल्लीका लागि पहिलो विकेट लिए। पहिलो विकेटको रुपमा सन्दीपले कोलकत्ताका ओपनर ब्याट्सम्यान निखिल नाइकलाई आउट गरेका हुन्। उनी १६ बलमा ७ रन बनाएर आउट भए। नाइकलाई उनले बिएलडब्ल्यू धरापमा पारेका थिए। सन्दीपले यो ओभरमा एक विकेट लिएर ६ रन दिए।

तेस्रो ओभर 
९ ओभरमा व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सन्दीपले तीन रनमात्र दिए। दिनेश कार्तिकले दुई रन लिए भने आन्द्रे रसेलले एक रनमात्र जोडे। सन्दीपले बलिङ गरेको यो ओभरमा सुभमन गिललाई हर्षल पटेलले रन आउट गरे। उनी ५ बलमा ४ रन बनाएर आउट भएका थिए।

चौथो ओभर 

सन्दीपका लागि व्यक्तिगत चौथो ओभर आकर्षक बन्न सकेन।  सन्दीपको बलमा आन्द्रे रसेलले दुई छक्का प्रहार गरे भने दिनेश कार्तिकले एउटा चौका प्रहार गरे। दिल्लीको ११ ओभरमा सन्दीप व्यक्तिगत चौथो ओभर बलिङ गरेका थिए। यो ओभरमा उनले १७ रन दिए।

साभारः अन्नपूर्ण पोष्ट

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्