Logo

आईपीएलको आजको पहिलो खेलमा हैदरावाद र बेंग्लोर आमनेसामने, कसले मार्ला बाजी ?



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज पनि २ वटा खेल हुने छन् । पहिलो खेलमा नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर एकआपसमा भिड्ने छन् । खेल राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा हुनेछ । दुबै टिमको यो तेस्रो खेल हो ।

हैदराबादले दुई खेल मध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । बिराट कोल्हीको कप्तानीमा रहेको प्रतिद्वन्द्वी टिम बेंग्लोर भने लगातार दुई खेलमा पराजित भएकाले आज पहिलो जितको खोजिमा हुने छ ।

जितका लागि बेंग्लोरको टिमलाई ब्याटिङमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । उद्घाटन खेलमा चेन्नाईसँग ७० रनमा समेटिएको बेंग्लोरले दोस्रो खेलमा मुम्बईले दिएको १८७ रनको लक्ष्य पुरा गर्न असफल भएको थियो ।

हैदराबादको घरेलु मैदानमा खेल हुन लागेकाले उसलाई ग्राउण्डले केही फेबर गर्न सक्ने सम्भावना देखिन्छ । शुक्रबार हैदराबादले राजस्थान रोयल्सलाई यही मैदानमा ५ विकेटले पराजित गरेको थियो । पछिल्लो जितले पनि हैदराबादको मनोबल उच्च छ । पछिल्लो खेलमा डेभिड वार्नरले ३७ बलमा ६९, जोन बेस्ट्रोले २८ बलमा ४५ तथा बिजय शंकरले १५ बलमा ३५ रन बनाएका थिए । आज पनि उनीहरुबाट उत्कृष्ट रनको अपेक्षा गरिएको छ ।

यी दुईबीच अहिले सम्म ९ पल्ट टि-ट्वान्टी भिडन्त भएकोमा सनराईजर्स हैदरावादले ५ तथा रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जित हासिल गर्न सफल दरिएका छन् ।

 

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्