Logo

भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहद्वारा आगजनी



Spread the love
सांकेतिक तस्बिर

१७ चैत , काठमाडाैँ

सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार रातको करिब साढे १२ बजे अज्ञात समूहले गाउँपालिकाको भवनमा आगजनी गर्दा गाउँपालिकाको सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।

सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टर मार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ ।

मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन । घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्