Logo

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको अर्को किर्तिमान



Spread the love

आइतवार, चैत्र १७, २०७५
कप्तान लिओनेल मेसीको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एस्प्यान्योललाई २-० ले पराजित गरेको थियो । यसको साथै अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनाबाट अर्को किर्तिमान बनाएका छन्।

स्पेनिस लिग ला लिगामा सर्वाधिक जित दर्ता गर्ने खेलाडीको रुपमा उनले रियलका पूर्व गोलकिपर इकार क्यासिलाससंग आफ्नो किर्तिमान बराबर गरेका हुन् । एस्प्यानोल विरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका मेस्सीका लागि यो ३ सय ३४ औं जित थियो, जुन क्यासिलाससँग बराबरी हो ।

६ सय ७५ खेल खेल्दै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने सूचीको दोस्रो स्थानमा आफुलाई उकालेका छन् । ६ सय ७५ खेल खेलेका उनले आन्द्रे इनियेस्टालाई उछिनेका हुन् । बार्सिलोनाका लागि जाभीले सर्वाधिक ७ सय ६७ पटक खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्