Logo

२ दिनदेखि सञ्चारविहीन हुम्ला



Spread the love

हुम्ला ,१७ चैत ।
हिमाली जिल्ला हुम्लामा शनिबार बिहान ८ बजेदेखि रेडियो लिंकको बीबीयु कार्डमा समस्या आएपछि सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरु २ दिनदेखि सञ्चारविहीन बनेको छ ।

सदरमुकाम सिमकोट छोपाखोर भन्ने डाडाँमा रहेकोे रेडियो लिंकको टावरमा समस्या आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । रेडियो लिंकको टावरमा रहेको बीबीयु कार्ड जलेपछि समस्या आएको र नेपालगञ्जबाट बीबीयु कार्ड सदरमुकाम सिमकोट पुगिसकेको र मर्मतमा प्राविधिक खटिसकेको नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ ।

टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैहसरकरी कार्यालय,सञ्चारकर्मीलाई समेत समस्या भएको छ । भरपर्दो सञ्चार नहुँदा हुम्लामा बेलाबेला सेवाग्राहीहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्