Logo

बोरुसिया डर्टमुन्ड जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा



Spread the love

१७ चैत ।
जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न बराबरीमा रोकिएपछि बोरुसिया डर्टमुन्डले जित संगै अंक तालिकामा आफ्नो पहिलो स्थान सुरक्षित गरेको छ । उपाधिको होड शनिबारको खेलपछि झनै रोमान्चक बनेको छ ।

दुवै गोल खेलको अन्तिम मिनेटमा सम्भव भए संगै डर्टमुन्डले वल्फ्सबर्गलाई पाको अल्कासेरको दुई गोलसँगै २-० ले पराजित गर्यो । ९०औ मिनेटमा फ्रिकिकमा सिधै गोल गरेका अल्कासेरले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरे । दोस्रो गोल जेडन सान्चोको क्रसमा सम्भव भएको थियो ।

यस्तै १-१ को बराबरीमा रोकिएपछि बायर्न शीर्षस्थानबाट तल झरेको छ । खेलको तेस्रो मिनेटमा घरेलु टोलीले अग्रता लिने क्रममा क्रिस्टियन गन्टरको पासमा लुकास होलरले गोल गरे । जवाफमा बायर्नका रोबर्ट लेवान्डोस्कीले २२ औ मिनेटमा बराबरी गोल फर्काए । उनले लियोन गोरेट्जकाको पासमा खेल बराबरीमा ल्याए । थप गोल हुन नसक्दा बायर्न बराबरीमा रोकिएको थियो ।

अंक तालिकामा डर्टमुन्डले २७ खेलमा ६३ अंक जोडेको छ । बायर्न समान खेलमा ६१ अंकसहित दोस्रो स्थानमा छ । यी दुई टोली अर्को साता बायर्नको घरेलु मैदान आमनेसामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्