Logo

प्रथम एशियन आई टि एफ तेक्वान्दो प्रतियोगितामा नेपाललाई एक स्वर्ण



Spread the love

 

१७ चैत,गुल्मी – मलेशियाको सेल्नगरमा सम्मन्न प्रथम आई टि एफ एशियन तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण पदक हात पारेको छ ।

३ दिनसम्म चलेको उक्त प्रतियोगीतामा नेपालका ७ जना खेलाडीले सहभागिता जनाएका थिए । ५४ केजी उमेर समूहमा भएको प्रतियोगितामा गुल्मीकी  १५ वर्षिया सविना श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएको प्रशिक्षक विकल पौडेल सल्लेरी खबर लाई जानकारी दिए । स्वर्ण पदक हात पार्दा खुसी लागेको प्रशिक्षक पौडेलले बताएका छन् ।

चैत, १५,१६,१७ गते सम्म चलेको प्रतियोगितामा ३२ देशका १७ सय खेलाडीको सहभागीतारहेको थियो । नेपाली टोली भोलि स्वदेश फर्कने बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्