Logo

आईपीएलः ८ ओभर मै हैदरावादले लियो ६ विकेट, बिराट आउट; बेंगलोर दयनीय हालतमा



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले भइरहेको सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा हैदरावादले ओपनिङ ब्याट्सम्यान जोनी बेयरिस्टो र डेभिड वार्नरको एक-एक शानदार शतक सँगै २३१ रनको टार्गेट दिएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेंग्लोरलाई दबाबमा राख्दै हैदरावादले ८ ओभर मै ६ विकेट झार्न सफल भइसकेको छ ।

८ ओभरको समाप्तीमा बेंगलोरले जम्मा ४० रन मात्र जोड्न सफल भएको छ ।

खेल राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भैरहेको छ । दुबै टिमको यो तेस्रो खेल हो ।

हैदराबादले दुई खेल मध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । बिराट कोल्हीको कप्तानीमा रहेको प्रतिद्वन्द्वी टिम बेंग्लोर भने लगातार दुई खेलमा पराजित भएकाले आज पहिलो जितको खोजिमा हुने छ ।

यी दुईबीच अहिले सम्म ९ पल्ट टि-ट्वान्टी भिडन्त भएकोमा सनराईजर्स हैदरावादले ५ तथा रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जित हासिल गर्न सफल दरिएका छन् ।

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्