Logo

आईपीएलः बेंगलोरको लगातार तेस्रो हार, हैदरावाद ११८ रनले विजयी



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज भएको सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा हैदरावादले ११८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले २० ओभरमा दुई विकेट गुमाएर २३१ रन बनायो । तर हैदरावादले दिएको उक्त लक्ष्य भेट्न नसकेपछि बेंगलोर हार व्यहोर्न बाध्य भएको हो ।

आज सनराइजर्स हैदरावादसँग ११८ रनले पराजित हुँदै बैंग्लोरले लगातार तेस्रो हार ब्यहोरेको हो । सनराइजर्सले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो । उसका लागि कोलिन डी ग्रेण्डहोमले सर्बाधिक ३७ रन बनाए ।

बलिङमा हैदरावादका मोहम्मद नाबी एक्लैले ४ र सन्दीप शर्माले ३ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको हैदरावादले हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३१ रन बनायो ।

उसका लागि जोनी बेयरिस्टो र डेभिड वार्नरले शतक प्रहार गरे । बेयरिस्टोले ५६ बलमा ११४ रन बनाए । जसमा बेयरिस्टोले ७ छक्का र १२ चौका प्रहार गरेका थिए ।

यस्तै, वार्नरले ५५ बलमा शतक प्रहार गरे । जसमा उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, विजय शंकरले रयूसुफ पठानले ६ रन बनाउँदै नटआउट रहे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले एक विकेट लिए ।

शुरुवात देखि नै हैदराबादका ओपनरहरु बेरिस्टो र डेविड वार्नरले आक्रमक पारी खेले । उनीहरुले पहिलो विकेटका लागि १६ दशमलब दुई ओभरमा १८५ रनको शाझेदारी गर्दै हैदराबादलाई उत्कृष्ट शुरुवात दिए । ५२ बलमा आफ्नो शतक पुरा गरेका बेरिस्टोले ५६ बलको सामना गर्दै १२ चौका र सात छक्काको मद्धतमा सर्वाधिक ११४ रन बनाएर युजबेन्द्र चाहालको बलमा आउट भए । वार्नरले पनि शतक प्रहार गर्ने क्रममा ५५ बलको सामना गर्दै समान पाँच-पाँच चौका र छक्का प्रहार गरे ।
उनी १०० रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्