Logo

आईपीएलः राजस्थानले टस जितेर बलिङ गर्दै, धोनीको चेन्नाई ह्याट्रिक हान्ने दाउमा



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) मा हुने आजको दोस्रो खेलमा अहिले चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स आमने सामने हुदैँछन् । टस जितेर राजस्थान रोयल्सले बलिङ रोजेको छ । खेल चेन्नाईको घरेलु मैदानमा भइरहेको छ । दुबै टिमको यो तेस्रो खेल हो ।

चेन्नाईले दुई खेल मध्ये दुबैमा शानदार जित हासिल गर्दै तेस्रो जितको प्रतिक्षामा छ भने प्रतिद्वन्द्वी टिम राजस्थान रोयल्स लगातार दुई खेलमा पराजित भएकाले आज पहिलो जितको खोजिमा हुने छ ।

लगातार दुई खेल जितेको चेन्नाई ४ अंक सहित तेस्रो स्थानमा रहे पनि एक खेल बढी खेलेका कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल क्रमश पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा विजयी भए २ अंकको अग्रतासहित महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्सको नजर शीर्ष स्थानमा उक्लने रहेको देखिन्छ ।

उता पञ्जाबसँग १५ तथा हैदराबादसँग ५ विकेटले पराजित भएको राजस्थानलाई चेन्नाईविरुद्ध जित निकाल्न संघर्ष गर्नुपर्ने देखिन्छ । राजस्थानले हैदराबादविरुद्ध १९८ रन बनाउँदा पनि बलरहरुको प्रदर्शनका कारण ५ विकेटले पराजित हुन पुगेको थियो । पञ्जाबविरुद्ध १८४ रनको लक्ष्य पछ्याउँदा १७० रन मात्रै बनाउन सकेको थियो । प्रतियोगितामा टिकी रहन ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्यकता राजस्थानलाई रहेको छ ।

यस अर्थमा पनि आज हुने चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सको घम्साघम्सी हेर्न लायकको हुने देखिन्छ ।

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्