Logo

आईपीएलः बेंगलोर विरुद्ध शानदार शतक बनाएका जोनी बेयर्स्टो बने ‘म्यान अफ द म्याच’



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज भइरहेको सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा शानदार शतक बनाएका हैदरावादका ओपनिङ ब्याट्सम्यान जोनी बेयर्स्टो ‘म्यान अफ द म्याच’ द्वारा सम्मानित भएका छन् ।

यो यसपालीको आईपीएलको तेस्रो शतक प्रहार हो ।

उनले ५६ बलमा ११४ रन जोड्दै खेलबाट आउट भएका थिए ।

खेलमा हैदरावादले ११८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले २० ओभरमा दुई विकेट गुमाएर २३१ रन बनायो । तर हैदरावादले दिएको उक्त लक्ष्य भेट्न नसकेपछि बेंगलोर हार व्यहोर्न बाध्य भएको हो ।

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्