Logo

आईपीयलः धोनीको शानदार ब्याटिङ सहित डिफेन्डिङ च्याम्पियन चेन्नाईको ह्याट्रिक



Spread the love

महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेको छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो ।

चेन्नाईले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टिभन स्मिथले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ चेन्नाईका शार्दुल ठाकुर, दिपक चाहार, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ७५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्