Logo

आगलागीबाट लाखौको क्षति



Spread the love

लहान, १८ चैत,
ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस सिलिण्डरको रेगुलेटरबाट ग्याँस लिकेज भएर आगलागी हुँदा लत्ताकपडा, भाडाकँुडा, नगद रु १० हजारलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको आधा घण्टापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

अवैध सामानसहित मोटरसाइकल र म्याजिक भ्यान नियन्त्रणमा

प्रहरीले सिरहाबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित म्याजिक भ्यान र मोटरसाइकलन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन बोरा सुर्ती र १३२ काटुन स्याउसहित बीआर ३२ एफ ४२३० नम्बरको मोटरसाइकल र स १ ज ५९७ नम्बरको म्याजिक भ्यान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । बरामद भएका सामान र सवारी आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने जनाएको छ ।
–––रासस

प्रतिक्रिया दिनुहोस्