Logo

आईपीएलः शानदार अर्धशतक सहित धोनी बने “म्यान अफ द म्याच”



Spread the love

चेन्नाईका लागि अविजित ७५ रन दिलाएका महेन्द्रसिंह धोनी आइतबार राती सम्पन्न राजस्थान रोयल्स विरुद्धको खेलमा “म्यान अफ द म्याच” बन्न सफल भएका छन् ।

उनको कप्तानी रहेको चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेको थियो । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो ।

चेन्नाईले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टिभन स्मिथले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ चेन्नाईका शार्दुल ठाकुर, दिपक चाहार, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्