Logo

चलचित्र ‘रातो टिका निधारमा’मा साम्राज्ञीको पारिश्रमिक १६ लाख



Spread the love

यहि दशैंमा जय भोले सफलता पछि निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह १६ लाख पारिश्रमिकमा फाइनल भएकी छिन् ।

यस चलचित्रमा निर्देशक अशोक शर्माले आफ्नै छोरा अंकित शर्मालाई पनि डेब्यू गराउने तयारी समेत गरेका छन् । चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ ।

चलचित्रमा मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, डेब्यू नायिका अंकित शर्मा, नायिका नीता ढुंगाना, रविन्द्र झा लगायत कलाकार फाइनल भइसकेका छन् ।

चलचित्र ‘रातो टिका निधारमा’लाई  शर्माले निर्माण तथा निर्देशन गरेका छन । यस चलचित्रको छायांकन वैशाख पहिलो साताबाट सुरु गरिने छ ।  ‘रातो टिका निधारमा’लाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्