Logo

टोटेनह्यामलाई पराजित गरे संगै लिभरपुल शिर्षस्थानमा



Spread the love

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनह्यामलाई २-१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा उक्लिएको छ । सुरुवातबाट राम्रो लयमा देखिएको लिभरपुलले १६ औं मिनेटमा रोबर्टो फर्मिनोको हेडर मार्फत अग्रता लियो । एन्डी रोबर्टसनको क्रसलाई सदुपयोग गर्दै फर्मिनोले घरेलु दर्शकसामु लिभरपुललाई अग्रता दिलाए ।

पहिलो हाफमा लिभरपुलले राम्रो पकड राखेपनि दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन गर्यो । ७० औं मिनेटमा लुकास मौराले टोलीलाई बराबरी गोल फर्काए । क्रिस्टियन एरिक्ससनको सहयोगमा मौराले बरबारी गोल गरे ।

लिभरपुलले म्यानचेस्टर सिटीसँग उपाधी दौडमा रहन जित्न पर्ने दबाबमा रहेकोले गोल गर्ने प्रयासहरु गरेपनि सफल हुन सकेन । तर, ९० औं मिनेटको कर्नरमा लिभरपुलका लागि आर्नोल्डको क्रसमा सलाहको हेडरलाई गोलरक्षक ह्युगो लोरिसले बचाउँदा टोटेनह्यामका डिफेन्डर टोबी एल्डरवेयरको खुट्टामा लाग्दै आत्मघाती गोल भएपछि लिभरपुलले जित हासिल गर्यो।

जितसँगै ३२ खेलमा ७९ अंक रहेको लिभरपुल शिर्षस्थानमा उक्लिएको हो । सिटी भने दोस्रो स्थानमा रहदै ३१ खेलमा ७७ अंक छ । यता पराजित भएको टोटेनह्यामको लिगको तेस्रो स्थानमा रहंदा उसको ६१ अंक छ।

प्रतिक्रिया दिनुहोस्