Logo

रियल म्याड्रिडको जितमा बेन्जेमा बने नायक



Spread the love

स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले हुएस्कालाई ३-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा नै जुआन कामिलो हर्नान्डेजले उत्कृष्ट गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । ब्राहिम डियाजको मदतमा इस्कोले २५ औं मिनेटमा बराबरी गोल फर्काए ।

६२ औं मिनेटमा ड्यानी सेबालोसको गोलमा रियलले अग्रता लियो । तर जाबिएर एत्जेताले खेललाई ७२ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख देखिएको खेलमा ८९ औं मिनेटमा रियलका फरवार्ड करीम बेन्जेमा उत्कृष्ट फिनिस गर्दै रियललाई जित दिलाए ।

जिदानलाई प्रशिक्षकका रुपमा नियुक्त गरे यता रियलले दुवै खेलमा जित हासिल गरेको छ । लिगको ९ खेल बाँकी रहँदा रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडी छ ।

प्रतिक्रिया दिनुहोस्