Logo

एमबाप्पेको निर्णायक गोलमा पीएसजीको सहज जित



Spread the love

फ्रान्सेली लिग अन्तर्गत आइतबार भएको खेलमा पेरिस सेन्ट जर्मेनले टुलुजलाई १–० गोलले पराजित गर्यो । युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले गरेको फिनिसिंग नै पीएसजीको जितका लागि पर्याप्त रहयो । एमबाप्पेको यो जारी लिगमा ३१ औं गोल पनि हो ।

पीएसजीले त्यसअघि नै गोल गरेको भएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मार्किन्होसको गोललाई मान्यता दिएका थिएन्न । यस जितसँगै पीएसजीले लिगको शीर्ष स्थानमा २० अंकको अग्रतालाई कायम राखेको छ ।

पीएसजीले लिगका २९ खेलमा ८० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिलले २९ खेल खेल्दै ६० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्