Logo

चलचित्र ‘चलखेल’को रिलिज डेट तय, लिड रोलमा प्रियंका



Spread the love

चलचित्रमा एक छत्र राज गरेकी नायिका प्रियंका कार्की आजभोली म्यूजिक भिडियोमा व्यस्त रहेकी छन् ।
उनले अभिनय गरेका तीन दर्जन बढी चलचित्र सुपरहिट भएका छन् ।

आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीसँग लगनगाँठो गास्ने तयारीमा रहेकी उनले आइतबार एक नयाँ फिल्म साइन गरेकी छन् ।

चलचित्र ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ चलचित्र ‘चलखेल’ निर्माण लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ ।

चलचित्रलाई निर्माता लेखबहादुर पुनरहेका छन । ‘चलखेल’लाई एभरेष्ट सूर्य बोहोराले निर्देशक गर्ने छन् भने कथा तथा पटकथा पनि बोहोराकै रहेको छ । चलखेल जेष्ठको दोस्रो साताबाट छायांकन सुरु हुने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्