Logo

आईपीएलः पञ्जाब विरुद्ध सन्दीपले लिए शानदार पहिलो विकेट



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स बिचको अहिलेको खेलमा नेपालका सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले पञ्जाबका एस.एम. कुरानलाई आउट गरेका हुन् ।

अहिले दिल्ली क्यापिटल्सले टस जितेर बलिङ गरिरहेको छ ।

आईपीएलमा दिल्ली र पञ्जाब अहिलेसम्म २२ पटक भिडेका छन्, जसमा दिल्ली ९ र पञ्जाबले १३ पटक जित आफ्नो पक्षमा पार्न सफल दरिएका छन् ।

यो सिजनको आईपीएलमा दुवै टिमको यो चौथो खेल हो ।

दिल्लीले अहिलेसम्म तीन खेल मध्ये २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

पञ्जाबले पनि ३ खेल मध्ये २ मा जित र एकमा हार व्यहोर्दै ४ अंक नै बनाए पनि रन रेटका आधारमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्