Logo

आईपीएलः दिल्लीका लागि सन्दीपको शानदार प्रदर्शनी, लिए दुई विकेट



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स बिच अहिले भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले शानदार खेल प्रदर्शन गरेका छन् । चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए । उनले शेम कुरान र सर्फराज खानको महत्वपूर्ण विकेट दिलाए ।

यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए ।

दिल्लीलाई पञ्जाबले १६७ रनको टार्गेट दिएको छ । अहिले दिल्ली जवाफी ब्याटिङमा खेलिरहेको छ ।

आईपीएलमा दिल्ली र पञ्जाब अहिलेसम्म २२ पटक भिडेका छन्, जसमा दिल्ली ९ र पञ्जाबले १३ पटक जित आफ्नो पक्षमा पार्न सफल दरिएका छन् ।

यो सिजनको आईपीएलमा दुवै टिमको यो चौथो खेल हो ।

दिल्लीले अहिलेसम्म तीन खेल मध्ये २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

पञ्जाबले पनि ३ खेल मध्ये २ मा जित र एकमा हार व्यहोर्दै ४ अंक नै बनाए पनि रन रेटका आधारमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्