Logo

आईपीएलः दिल्लीले पायो १६७ रनको टार्गेट, ओपनिङ ब्याट्स म्यान पृथ्वी पहिलो बल मै आउट



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स बिच अहिले भइरहेको खेलमा दिल्लीलाई पञ्जाबले १६७ रनको टार्गेट दिएको छ । अहिले दिल्ली जवाफी ब्याटिङमा खेलिरहेको छ ।

ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी शा पहिलो बल मै आउट भैसकेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए ।

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे ।

प्रतिक्रिया दिनुहोस्