Logo

आईपीएलः सन्दीपको उत्कृष्ट प्रदर्शनीका बाबजुद पनि दिल्ली १४ रनले पराजित



Spread the love

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गतको सोमबार भएको खेलमा किंङ्स-११ पन्जाबले सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स  १४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिल्लीलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनाएको हो ।

दिल्लीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनमात्र बनाउन सक्यो ।  दिल्लीका लागि रिसभ पन्तले ३९ रनको योदान गरे भने कोलिन ग्रामले ३७ रन बनाए । त्यसैगरी शिखर धवन ३०,  श्रेयस लेयरले २८ , अभेस खानले ४ र हनुमा बिहारी २ रन बनाए । पृथ्वी शा, कगिसो रब्दा,  हर्षल पटेल, क्रश मोरिस र सन्दीप लामिछाने शून्य रनमै आउट भएका थिए ।

पन्जाबका लागि साम कुरानले ४ विकेट, रविचन्द्रन अश्विनले र मोहमद सामीले समान दुई-दुई विकेट लिए भनर् हर्दुस भिलज्वइनले एक विकेट लिएका छन्  ।

पन्जाबका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए भने सर्फराज खानले ३९ रनको योगदान गरे । त्यसैगरी मन्दीप सिंहले २९, सम कुरनले २० र केएल राहुलले १५ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीका कगिसो रब्दाले ३ विकेट, क्रिश मोरिस र सन्दीप लामिछानेले बराबर २-२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्