Logo

आईपीएलः सन्दीपको नयाँ रेकर्ड, अफ्रिदी र राशिदलाई पछि पार्दै बने सर्वाधिक विकेट लिने स्पिनर



Spread the love

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै उनीहरुलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

सोमबार राति आइपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जावविरुद्ध २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारे । उनले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्