Logo

आईपीएलः लगातार हार व्यहोरिरहेका राजस्थान र बैंगलोर बीच भिडन्त हुँदै, कसले खोल्ला जितको खाता ?



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपाली समय अनुसार राति सवा ८ बजे राजस्थान रोयल र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल भिडन्त हुने भएको छ।

अघिल्ला ३ खेलमा दुवै टोलीले हार व्यहोरेका छन् । त्यसैले दुवै टोली चौंथो खेलमा पहिलो अंक जोड्न चाहन्छ ।

राजस्थान लिगको सातौं स्थानमा रहेको छ भने बैंगलोर लिगको पुछारमा रहेको छ ।

अजिंका रहानेको कप्तानीमा रहेको राजस्थानलाई घरेलु समर्थकको साथ रहनेछ भने विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई विश्व स्तरिय खेलाडीहरुको साथ रहने छ ।

दुईबीचको पछिल्लो पाँच खेलमा राजस्थान र बैंगलोरले समान २/२ जित निकालेका छन् । एक खेल नतिजाविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्