Logo

हुम्लामा ४ दिन देखि टेलिकम सेवा अवरुद्ध



Spread the love

१९, चैत्र, सिमकोट, हुम्ला ।

हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको टावरमा र रेडियो लिंकमा पावर डाउन भएपछि विगत चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन् ।

हुम्लामा टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा अवरुद्ध भएका छन् ।आइतबार कर्मचारीले उपकरणसहित टावरमा गएपनि हिउ फाल्न नसकेपछि सञ्चार सेवा सञ्चालन हुन नसकेको टेलिकमले बताएको छ ।

सदरमुकाम क्षेत्रमा नीजि क्षेत्र संचार सेवा प्रदायक निकाय एनसेलले केही रुपमा प्रयोगमा आएको छ । संचारकर्मीले जिल्ला अस्पतालमा रहेको वल्र्ड लिंकको इन्टरनेट सेवाबाट जिल्ला बाहिर समाचार सम्प्रेषण गरेका छन् ।

सिमकोट ६ स्थित छोबाखोरमा निर्माण भएको टावरमा रहेको सोलार प्यानलमा हिउ जमेको कारण बिधुत आपुर्ति नहुँदा रेडियो लिंकले काम गर्न छोडेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका इन्जिनियर सुशिम पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्