Logo

नायिका रुही सिंहले रेष्टुरेन्टका कर्मचारीलाई कुटिन्, पुलिसलाई हानिन् झापड



Spread the love

१९, चैत्र, मुम्बई ।

भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित रेष्टुरेन्टका कर्मचारीलाई कुटिन् र पुलिसलाई हातपात गरेकी छिन्। अहिले रुही सामाजिक संजालमा भईरल भएकी छिन् ।

नायिका रुही सिंह राजेश र राहुल तिन जना साथिहरु रातीको दुई बजे बान्द्राको लिंकिंग रोडको एउटा रेष्टुरेन्टमा पुगेका थिए । रेष्टुरेन्ट बन्द भइसकेको थियो तर रुहीले कर्मचारीलाई रेष्टुरेन्ट खोल्न धम्कि दिइन तर रेष्टुरेन्ट खोल्न नमाने पछि कर्मचारीलाई कुटपिट गरेकी हुन्।

पुलिसले रुही सिंहलाई सम्झाए तब रुहीले पुलिस लक्ष्मीकान्तलाई थप्पड हानिन् ।

उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्